FAQs Complain Problems

नियमित प्र.अ. बैठक २०७६।५।१३

रामेछाप नगरपालिकाका ५६ विद्यालयका प्र अ हरुको लागि वार्षिक कार्यक्रम प्रवोधिकरण तथा शैक्षिक सुशासन र वित्तिय अनुशासन विषयमा २०७६।५।१३ का दिन प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमज्यूको अध्यक्षतामा वसेको वैठकमा प्रमुख अतिथि प्रमुख श्री नरवहादुर थापामगरज्यू र विशेष अतिथि उपप्रमुख श्री सृजना खड्काज्यू हुनुन्थियो । शुभकामना मन्तव्यको क्रममा उहांहरुवाट शैक्षिक सुशासन र वित्तिय अनुशासनका अतिरिक्त गुणस्तरीय शैक्षिक अवसर प्रदान गर्न गराउनका लागि प्रअ को प्रमुख जिम्मेवारी र भूमिका रहने भएकोले कार्यसम्पादन करार सम्झौता अनुसार आफूलाई रुपान्तरित गरी सामूहिकरुपमा कार्य सम्पन्न गर्न र उच्च सिकाई उपलब्धी हासिल गर्न सुझाव दिनु भएको थियो । सोको लागि नगरपालिका सदैव समन्वय सहकार्य र सहयोग गर्न तयार रहेको समेत भावना व्यक्त भएको थियो । हिजोको समयमा जे जसरी शिक्षण सिकाई कार्य सञ्चालन भएको भएता पनि अव हामी विद्यार्थी प्रति र विद्यार्थीको सिकाई प्रति जवाफदेही हुने र सो वातावरण तयार गर्न प्रतिवद्धता रहेको भावना सम्पूर्ण प्रअवाट व्यक्त भएको थियो जसको लागि अभिभावकको सहयोगको जरुरी हुने कुरा औल्याइएको थियो । कार्यक्रमको सहजीकरण उपसचिव श्री सुकदेव नेपालवाट गरिएको थियो ।