FAQs Complain Problems

समाचार

आगामी आ.व. २०७६।७७को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा असाढ २० गते सम्म सुझाव दिनको लागि नगर सभा सदस्य ज्यूहरुलाई अनुरोध छ।

रामेछाप नगरपालिकाको आगामी आ.व. २०७६।७७ को पाचौं नगर सभामा रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यू ले पेश गर्नु भएको वार्षिक नीति, कार्यक्रम तथा बजेट

सभामा दुईजना सभा सदस्य ज्यूहरुले सुझाव व्यक्त गर्नु भएको थियो।
१. रामेछाप न.पा. १ का बिमल कठायत ज्यूले रामेछाप न पा भित्र अमिलो जातका फलफुलमा लाग्ने औसे किरा नियन्त्रणमा ध्यान दिन, डडेलो नियन्त्रण सम्बन्धी निति र विषयगत समिति गठन सम्बन्धी सुझाव दिनु भएको थियो र
२.रामेछाप न.पा. २ का शुसिल हरि बख्रेल ज्यूले विकास निर्माण भएका योजनाहरु सहि तरिकाले सम्पन्न हुन पर्यो। रोड खन्यो गाडी नगुड्ने, कुलो बनायो पानी नबग्ने खालको हुनुभएन। वार्षिक नीति, कार्यक्रम र बजेटको समिक्षा सम्बन्धि व्यवस्था हुनु पर्यो भनेर सुझाव दिनु भएको थियो।

Supporting Documents: