FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरुले हरेक वर्ष मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा आइ अनुसुची फाराम भरी आफ्नो परिचय पत्र अनिवार्य रुपमा नविकरण गराउनु पर्ने छ। सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ।
१. परिचय पत्रको प्रतिलिपि –१ प्रति
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
३. अन्यत्रको नागरिकता प्रमाण पत्र भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
४. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति
५. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।