FAQs Complain Problems

भंगेरीबाट रामेछाप बजारको दृष्य

Read More

नगर सभा सदस्य

Read More

सुकाजोर फुटबल स्टेडियम

Read More

नयाँ जारी गरिएको नेपालको नक्सा

Read More

पुरानो रामेछाप बजार

Read More

संक्षिप्त परिचय

राजनैतिक विभाजन अनुसार बागमती प्रदेश रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी.

Pages

जन प्रतिनिधि

लवश्री न्यौपाने
प्रमुख
labashreeneupane1@gmail.com
०४८-४००११७ /९८५४०५७२४४ / ९८५११५७२४४
बाल कुमारी कार्की थापा
उप– प्रमुख
balkumarikarki221@gmail.com
०४८-४००११८ / ९८५४०५७२४५ /९८४४१४८१२४

प्रवक्ता

समिर कार्की
ramechhapmun07@gmail.com
९८५४०४३०११

पदाधिकारी

मित्र प्रसाद घिमिरे
प्रमुख प्रशासकिय अधिकृत
ramechhapmun@gmail.com
०४८-४००११६ / ९८५४०४९१११

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

निवेदन ।

प्रमाणीकरण गर्नु पर्ने सक्कल कागजातहरु ।

 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिई सम्बन्धित बंैकमा खाता खोेली खाता मार्फत भत्ता रकम बुझ्न सकिने छ। बैंकबाट वितरणको व्यवस्था नभएका वडाको हकमा वडा कार्यालयबाट भत्ता रकम बुझ्न सकिने छ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरुले हरेक वर्ष मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा आइ अनुसुची फाराम भरी आफ्नो परिचय पत्र अनिवार्य रुपमा नविकरण गराउनु पर्ने छ। सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ।
१. परिचय पत्रको प्रतिलिपि –१ प्रति
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
३. अन्यत्रको नागरिकता प्रमाण पत्र भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
४. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति
५. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

हरेक वर्षको मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ।
१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
२. विधवा महिलाको लागि पतिको मृत्युदर्ताको प्रमाण पत्रको प्रतिलिपि विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि, मृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
३. अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि–१÷१ प्रति
५. सम्बन्धित व्यक्तिको पि.पि. साइजको २÷२ प्रति फोटो
६. बसाई सराई गरि आएको व्यक्तिहरुको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरुः-

१. अदालतको फैसलाको प्रतिलिपि–१ प्रति
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकले नागरिकता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
४. नगरपालिका बाहिरबाट आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति

Pages

जानकारी