राजनैतिक विभाजन अनुसार बागमती प्रदेश रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी.
रामेछाप नगरपालिकाको हिमगंगा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरिक्षक श्री तुल्सी नारायण प्रजापति ज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम।
“महिलामा लगानी, सभ्य र सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस (नारी दिवस) एक विशेष कार्यक्रमका साथ सम्पन्न गर्यो। मितिः २०८०-११-२३
कृषक स्तर कृषि यान्त्रिकरण सम्बन्धि २ दिने हाते ट्याक्टर मर्मत तालिम सम्पन्न। (मितिः २०८०/११/१९ र २० गते)
रामेछाप नगरपालिकाले सञ्चालन गतेको घुम्ति स्वास्थ्य शिविरको केही तस्विरहरु (२०८०/११/१९)
७ दिने दुना टपरी बनाउने सीप विकास तालिम उदघाटन कार्यक्रम र तालिम सञ्चालन