FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा कुनै कानून लागू भएको छ ?
उत्तर : सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाइ व्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि जारि गरी सोहि अनुसार यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

भत्ता पाउने व्यक्तिको उमेर गणना गर्दा केलाइ आधार मानिन्छ ?
उतर : नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाइ आधार लिइने छ ।

नागरिकतामा जन्मको साल र महिना खुलेको तर गते नखुलेको अवस्थामा केलाइ आधार मानिन्छ ?
उतर : जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लेखित महिनाको मसान्त र साल मात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष (साल) को चैत्र मसान्तलाइ आधार मानि जन्म मिति गणना गरिनेछ ।

बाल संरक्षण अनुदान प्राप्त गर्नेको हकमा उमेरको गणनाको लागि के लाइ आधार मानिन्छ ।
उत्तर : जन्मदर्ता प्रमाणपत्र ।