FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

रामेछाप नगरपालिकाले यस आ.व. २०८०/०८१ मा सम्पादन गरेका सम्पुर्ण क्रियाकलापहरु र सेवा प्रवाहको अवस्थाको बारेमा रामेछाप नगरपालिकाका सम्पुर्ण सेवाग्राही र विभिन्न राजनीतिक दलहरुबाट प्रतिनिधिको उपस्थितिमा मिति २०८१/०३/२८ गते यस आ.व. २०८०/०८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो।

, , , , , , , , , , , ,
Post date: Thursday, July 18, 2024 - 10:44

रामेछाप नगरपालिकाको १५ औं नगरसभा आज मिति २०८१/०३/०९ गते सम्पन्न। यस नगर सभाबाट रामेछाप नगरपालिकाको आगामी आ.व. २०८१/०८२ को लागि कुल रु. ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ को नीति कार्यक्रम तथा बजेट स्वीकृत।

, , , , , , , , , , , ,
Post date: Sunday, June 23, 2024 - 18:46

रामेछाप नगरपालिकाको वडा नं. ८ वादीमा  उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौडाको आर्थिक सहयोगमा रामेछाप नगरपालिका  र उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको समन्वय र सहकार्यमा लापोन्मुख हायु जातीका महिलाहरूलाई ७ दिने झोल सावुन तथा सरफ बनाउने सीप विकास तालिम र ७ दिने धुप बनाउने सीप विकास तालिम उदघाटन कार्यक्रम

, , ,
Post date: Sunday, June 16, 2024 - 16:13

सार्वजनिक सुनुवाई (२०८१.२.१४ - रामपुर, रामेछाप)

रामेछाप नगरपालिकाले चालु आ.व. २०८०/०८१ को दोस्रो चौमासिक सम्म भए गरेका सम्पुर्ण कामकारवाही, सेवा प्रवाह, भौतिग प्रगति, वित्तिय प्रगति लगाएत सम्पुर्ण गतिविधिसंग सम्बन्धित भएर रामेछाप नगरपालिकाका सेवाग्राही र जनप्रतिनिधि बीच विभिन्न राजनितिक दलहरुको उपस्थितिमा सवाल जवाफ गरी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो।

, , , , , , , , , , , , , सार्वजनिक सुनुवाईमा प्रश्नकर्ता
Post date: Sunday, June 2, 2024 - 12:16

स्वदेशी उत्पादनको अभियान, उद्यमीको सम्मान।

मेसिनद्वारा होजियारी रिफ्रेसर तालिम मिति २०८१/०१/०६ देखि मिति २०८१/०१/२५ गते सम्म सञ्चालित तालिम समापन कार्यक्रम।

, , , , , ,
Post date: Wednesday, May 8, 2024 - 12:18

लामो समय देखि यस रामेछाप नगरपालिकाको हिमगंगा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरिक्षक श्री तुल्सी नारायण प्रजापति ज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम।
मितिः२०८०/१२/०५

, , ,
Post date: Monday, March 18, 2024 - 15:14

“महिलामा लगानी, सभ्य र सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस (नारी दिवस) रामेछाप नगरपालिकाले एक विशेष कार्यक्रमका साथ सम्पन्न गर्यो। उक्त कार्यक्रममा रामेछाप नगरपालिका अन्तर्गत कार्यरत सम्पुर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरुको उपस्थितिमा अवकाश प्राप्त स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान जनक विदाई कार्यक्रम गरियो। सो कार्यक्रममा अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई रामेछाप नगरपालिकाको तर्फबाट सम्मान स्वरुप दोसल्ला, नगद रु. २०,००० र प्रशंसा पत्र प्रमुख, उपप्रमुख र प्रवक्ताबाट प्रदान गरि सम्मान पुर्वक विदाई कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमलाई थप प्रभावकारी र रोमान्चित बनाउन स्वयम् सेविकाहरुबाट सहभागि गराई “महिलामा लगानी, सभ्य र सुनिश्चित भविष्यको थालनी” भन्ने विषयमा वक्तृत्वकला र स्वास्थ्य स्वयम् सेविकाहरु, महिला जनप्रतिनिधिहरु र महिला कर्मचारीहरु सहभागी गराई म्युजिकल चियर खेल समेत सञ्चालन गरिएको थियो।
मितिः २०८०-११-२३

, , , , , , , , , , , ,
Post date: Wednesday, March 6, 2024 - 16:02

रामेछाप नगरपालिकाले सञ्चालन गतेको घुम्ति स्वास्थ्य शिविरको केही तस्विरहरु

२०८०/११/१९

, ,
Post date: Sunday, March 3, 2024 - 16:58

रामेछाप नगरपलिका र उद्योग तथा बाणिज्य कार्यालय मन्थलीको आर्थिक सहयोगमा रामेछाप विजनेश प्रोफेसनल वमनको आयोजनामा रामेछाप बजारमा ७ दिने दुना टपरी बनाउने सीप विकास तालिम उदघाटन कार्यक्रम र तालिम सञ्चालन हुदै ।

, , ,
Post date: Sunday, March 3, 2024 - 16:54

आयोडिन महिना २०२४ अभियानका क्रममा स्थानीय बजारमा आयोडिन युक्त नुनको उपलब्धता तथा जनचेतनामुलक अभियान।

Post date: Wednesday, February 14, 2024 - 15:05

प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सञ्चालन २०८०/१०/१४-१७ गते सम्म

, , , ,
Post date: Sunday, February 4, 2024 - 13:14

सुत्केरी आमाहरुको लागि सुत्केरी कोसेली

झोला वितरण कार्यक्रम

महिलासँग उपमेयर कार्यक्रम (महिला प्रजनन् स्वास्थ्य परिक्षण उपचार तथा सुत्केरी घर भेट कोशेली वितरण कार्यक्रम) अन्तर्गत सम्पुर्ण वडाहरुमा गई सुत्केरी आमाहरुको लागि पोषणयुक्त सुत्केरी झोला वितरण कार्यक्रमको केही झलकहरु
२०८०/०१/०४

, , , ,
Post date: Tuesday, January 23, 2024 - 10:33

रामेछाप नगरपालिकाद्वारा आयोजित प्रद्यानाध्यापकहरुको नियमित बैठकमा विद्यालयले बालमैत्री स्थानीय शासन युक्त विद्यालय घोषणा तथा दिगोपनाका लागि विद्यालयले पुरा गर्नु पर्ने बाल विकासका सूचकहरुमा आधारित रही हाल सम्म गरेको क्रियाकलावहरुको सूक्ष्म रुपमा समिक्षा गरियो साथै आगामी दिनमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि प्रतिवद्वता जाहेर गरियो।

, ,
Post date: Monday, January 22, 2024 - 14:40

आ.व. २०८०/०८१ को साउन देखि प्रथम चौमासिक अवधिसम्म रामेछान नगरपालिकाको कार्यालयबाट सञ्चालन भए गरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८० पुस १९ गते रामेछाप नगरपालिका ८, माथिल्लो बजारमा सम्पन्न।

, , , , , , ,
Post date: Thursday, January 4, 2024 - 17:39

"शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार सम्मुन्नत र समृद्व रामेछाप निर्माणको आधार" भन्ने रामेछाप नगरपालिकाको मुल नाराका साथ १४ औं नगर सभा (हिउदे अधिवेशन) मिति २०८०/०९/१८ गते सम्पन्न।

, , , , , , , , ,
Post date: Wednesday, January 3, 2024 - 15:11
, , , , , , , , , ,
Post date: Wednesday, January 3, 2024 - 13:47

"स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वयं सेविकाको संयुक्त प्रयास" भन्ने मुल नाराका साथ २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस रामेछाप नगरपालिकामा एक कार्यक्रमका साथ मनाईयो।

, , , ,
Post date: Tuesday, December 5, 2023 - 12:47

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन रामेछाप बजारमा सन्देशमुलक र्यालि सहित दिप प्रज्वलन गरि उद्घाटन गरियो ।

, , , ,
Post date: Sunday, November 26, 2023 - 12:04

वडा नं २ मा रहेको कालिका देवि माध्यमिक विद्यालय र वडा स्वास्थ्य चौकी भवनको समुद्धघाटन समारोह २०८० असोज ७ रोज १ शुभम

, ,
Post date: Wednesday, September 27, 2023 - 15:33

अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा रामेछाप नगरपालिका द्वारा संचालित विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न । विद्यार्थी पहिचान तर्फ आधारभुत तथा माध्यामिक तह स्तरिय चित्रलेखन, हस्तलेखन, विज्ञान प्रदर्शनी र वक्तित्वकला प्रतियोगिता समवेश गरिएको थियो। प्रदर्शनी तथा पुरस्कार वितरणका केही तस्विरहरु।

, , , , , , , , , , , , , , , , , , , , , , , , , ,
Post date: Sunday, September 10, 2023 - 16:19

रामेछाप नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री मित्र प्रसाद घिमिरे ज्युलाई रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने द्वारा स्वागत कार्यक्रम गरियो।

, , , , , ,
Post date: Sunday, September 10, 2023 - 16:05

विदाई तथा फेरी भेटौला कार्यक्रम।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल ज्युको करिव ११ महिनाको कार्य सम्पादन पश्चात धुनिबेसी नगरपालिका, धादिङमा सरुवा भई जानुभएकोमा उहाको आगामी दिनहरु सफल रहोस् भन्ने कामना सहित भेरी भेटौला कार्यक्रम गरियो।

, , ,
Post date: Wednesday, August 23, 2023 - 10:47

रामेछाप नगरपालिकाको १३ औं नगर सभा (आ.व. २०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा वजेट प्रस्तुतिकरण) मितिः २०८० असार १० गते

, , , , , ,
Post date: Sunday, June 25, 2023 - 16:48

"शुन्य औलो अवको थलानी,

नवीनतम कार्य, कार्यान्वयनमा लगानी"

भन्ने नाराका साथ विश्व औलो दिवस, २०८० (25th April, 2023) मनाईयो।

Post date: Tuesday, April 25, 2023 - 15:52

रामेछाप नगरपालिकाको आ.व. २०७९/८० मा संचालित योजनाहरुको घुम्ति शिविर मार्फत उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण कार्यक्रम संचालन गरी उपभोक्ता समिति र नगरपालिकाबीच सम्झौता गर्ने कार्य मिति २०७९/०८/१५ गते वडा नं.४ हिमगंगामा र १७ गते वडा नं.३ साघुटारमा सम्पन्न गरियो।

, , , , , , ,
Post date: Sunday, December 4, 2022 - 11:40

"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।" भन्ने नारालाई आत्मासाथ गर्दै ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकाले हाजिरि जवाफ र नृत्य प्रतियोगिता सञ्चालन गर्यो।

मिति:२०७९/०५/२९

, , , , , , ,
Post date: Thursday, September 15, 2022 - 18:15

"शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्व रामेछाप निर्माणको आधार।" भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाको ११ औं नगरसभाको उद्घाटन सत्रमा आ.व. २०७९।८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट उप प्रमुखबाट प्रस्तुतिकरण गरियो।

प्रस्तुत बजेट पढ्नको लागि तलको लिंकमा जानुहोला।

https://ramechhapmun.gov.np/sites/ramechhapmun.gov.np/files/%E0%A4%86.%E...

, , , , , , , , ,
Post date: Saturday, June 25, 2022 - 09:57

आज मिति २०७९ जेष्ठ ९ गते रामेछाप नगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री लवश्री न्यौपाने ज्युद्धारा रामेछाप नगरपालिकामा पदभार ग्रहण गर्नुभएकाे छ । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका अन्य राजनितिक दलका अध्यक्षहरु, रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र लामगादे सर, कर्मचारीहरु मित्रहरु, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुबाट उहाँलाई न्यानाे अतिथ्यता र फुलमाला सहितकाे स्वागत गर्नुभएकाे छ ।

त्यस्तै रामेछाप जिल्लाको मन्थलीमा अवस्थित वि.पि.को सालिकमा फुलमाला अर्पण गर्नुभएकाे छ । आजै नव निर्वाचित नगर उप प्रमुख लगायत ९ वटै वडा समितिका वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहणकाे कार्यक्रम सम्पन्न गर्नुभएकाे छ ।

, , , , , , ,
Post date: Wednesday, May 25, 2022 - 14:13

२०७७/७८ को वार्षिक प्रगति तथा चालु आ.व २०७८/७९ को प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी।

, , , , ,
Post date: Wednesday, January 12, 2022 - 17:14

यस रामेछाप नगरपालिकाको दशौं नगर सभा मिति २०७८/०९/२८ गतेका दिन भव्यताका साथ सम्पन्न भयो। सभामा रामेछाप नगरपालिकाका प्रमुख श्री नर बहादुर थापा मगर ज्यूले सभाको अध्यक्षता ग्रहन गर्नु भएको थियो। सभामा उपप्रमुख श्री सृजना खड्का ज्युले आ.व.२०७८/७९ को पुरक विनियोजन विधेक २०७८ र रामेछाप नगरपालिकाका कर्मचारीहरुको सेवा व्यवस्थापन गर्न बनेको विधेक २०७८ प्रस्तुत गर्नु भएको थियो। उक्त विधेकहरु सभामा छलफल भई सर्वसहमत रुपमा पारित भयो। साथै यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु प्रति पुर्ण उत्तरसायी भई नगरको समग्र विकास र सेवा प्रवाहमा योगदान पुर्याउने सम्पुर्ण कर्मचारीहरुलाई प्रशंसा-पत्र प्रमुख र उपप्रमुखबाट प्रदान गरियो।

, , , , , , , , , , , ,
Post date: Wednesday, January 12, 2022 - 16:59

"कृषि, पर्यटन, खानेपानी हाम्रो पुर्वाधार,

रामेछाप नगर विकासको दिगो आधार। "

भन्ने रामेछाप नगरपालिकाको प्रथम सभाले लिएको लक्ष्यलाई आत्म साथ गर्दै आज मिति २०७८/०३/१० गतेका दिन रामेछाप नगरपालिकाको प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको अध्यक्षतामा नवौं नगर सभा सम्पन्न भएको छ।

सभामा रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्काले आगामी आर्थिक वर्षमा सञ्चित कोष तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १५ करोड ४१ लाख, सशर्त अनुदान चालु २४ करोड ५१ लाख, सशर्त अनुदान पुँजिगत १ करोड ३८ लाख, विशेष अनुदान पुँजिगत १ करोड २५ लाख, समपुरक अनुदान पुँजिगत ७२ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड ३४ लाख ९९ हजार, सशर्त अनुदान चालु २५ लाख ५४ हजार, सशर्त अनुदान पुँजिगत १ करोड ८० लाख ७५ हजार, समपुरक अुनदान पुँजीगत ३ करोड, संघिय सरकार तथा बागमती प्रदेश सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने १२ करोड ९४ लाख ३६ हजार ६ सय ६५ रुपैंया ५२ पैसा र नगरपालिकाको विभिन्न शिषर्कबाट प्राप्ट हुने आन्तरिक आयबाट प्राप्त हुने ५६ लाख ७० हजार समेत गरी कुल ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा आम्दानी हुने अनुमान पेश गर्नु भएको छ।

त्यस मध्ये चालु तर्फ नगरकार्यपालिका कार्यालय तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएकोछ । यसबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि चालु ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी सन्तुलित बजेट प्रस्तुत गर्नु भएको छ।

साथै नगर सभाका केही भलकहरु

, , , , , , , , ,
Post date: Thursday, June 24, 2021 - 16:06

तेेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता - २०७८

रामेछाप नगरपालिकाका प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको प्रमुख आतिथ्यता, उप प्रमुख श्री सृजमा खड्का ज्यूको विशेष आतिथ्यतामा तथा मुख्य राजनैतिक दलहरुको प्रतिनिधिहरुको उपस्थितिमा तेेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता - २०७८ समुद्घाट भएको थियो। उद्घाटनको क्रममा प्रमुख, उप-प्रमुख तथा राजनैतिक दलका प्रतिनिधिहरुले "स्वास्थ्यका लागि खेलः राष्ट्रका लागि खेल" भन्ने नारालाई समर्थन गर्दै सहभागि सबै खेलाडिहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। साथै प्रमुख ज्यू नव वर्ष २०७८ को सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सुरुवात प्रमुखबाट javelin throw खेल खेलेर भएको थियो।

, , , , , , , , , , , , , , , , , , , ,
Post date: Friday, April 16, 2021 - 15:18

रामेछाप नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम २०७७।१२।२७ हिमगंगा, तिलवारी

, , , , , , , , , , ,
Post date: Sunday, April 11, 2021 - 12:15

रामेछाप नगरपालिका द्वारा संचालित सहकारी संस्थाहरुकाे लेखा व्यवस्थापन पाँच दिने तालिम २०७७ चैत २३ गते समापन । तालिममा १७ वटा सहकारीका ३४ जना सहभागी।

, , , , , , , ,
Post date: Wednesday, April 7, 2021 - 16:54

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस

आज मिति २०७७ फागुण ७ गते ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिका कार्यालय प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरियो। उक्त कार्यक्रममा प्रमुख श्री नर बहादुर थापा मगर, उपप्रमुख श्री सृजना खड्का, वातावरण विभागका महा निर्देशक श्री मुकुन्द निरौला, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र लामगादे, सरकारी कार्यालयका प्रमखहरु, सञ्चारकर्मी लगायत नगरपालिका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।

, , , , , ,
Post date: Friday, February 19, 2021 - 11:15

"लोक सेवा आयोग द्वारा लिईने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी कक्षा (१५ दिने) सञ्चालन" कार्यक्रम रामेछाप नगरपालिकाका उपप्रमुख श्री सृजना खड्का र प्रमुख प्रशासकीय अधिकृत श्री राम चन्द्र लामगादे ज्यूको उपस्थितिमा उद्घाटन भएको छ। उक्त उद्घाटन समरोहमा प्रमुख प्रशासकीय अधिकृतज्यूले आफ्नो अनुभव बाढ्नुका साथै जागिरमा लाग्नको लागि प्रेरणा दिनुभयो र उपप्रमुखले लोक सेवामा नाम निकाल्न सके भविष्य सुनौलो रहेको बताउनु भयो।

, , , , ,
Post date: Monday, February 8, 2021 - 14:20

आज मिति २०७७ साल माघ २६ गते रामेछाप नगरपालिकाका उपप्रमुख श्री सृजना खड्काको प्रमुख आतिथ्यमा "आधुनिक उत्पादनमुखी विकास अवधारणा, मोडेलहरु र भुमिका सम्बन्धि तालिम" कार्यक्रम सम-उद्घाटन भएको छ। साथै उक्त तालिममा ९ वटै वडाको मेलमिलाप संयोज र ९ वटै वडाको बुद्वीजिवि, समाजसेवीहरुको सहभागिता रहेको छ र तालिम दुई दिन सञ्चालन हुने छ।

, , , ,
Post date: Monday, February 8, 2021 - 13:54

रामेछाप नगरपाालिकाको नगर प्रहरीमा भर्ति हुनु भएको नगर प्रहरी हवल्दारलाई दर्जानी चिन्ह र प्रहरी जवानहरुलाई टिका लगाएर काम कर्तव्यको बारेमा निर्देशन दिनु हुदै यस नगरपालिकाको प्रमुख श्री नर बहादुर थापा मगर र उप-प्रमुख श्री सृजना खड्का। (२०७७.४.२७ )

, , , , , ,
Post date: Tuesday, August 11, 2020 - 13:25

रामेछाप नगरपालिकाको ‍‍प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र पौडेलज्यूको विदाई समारोह।
मितिः २०७७/४/२६

, , , , , , , , , , ,
Post date: Tuesday, August 11, 2020 - 13:07

रामेछाप नगरपालिकाकाे प्रमुख श्री नर बहादुर थापा मगर र उप-प्रमुख श्री सृजना खड्काको आतिथ्यमा नगर प्रहरी दिक्षान्त समारोह कार्यक्रम। मिति: २०७७/०४/२५ गते जिल्ला प्रहरी कार्यालय मन्थली।

, , , , , ,
Post date: Tuesday, August 11, 2020 - 13:00

नयाँ गोरख गण रामेछापका गणपति प्रमुख सेनानी गणेश भण्डारीज्युहरूलाई बिदाइ र सोही गणका नव गणपति आदरणीय बिष्णु सापकोटाज्युको स्वागत गर्दाका केही तस्विरहरु

, , , , ,
Post date: Tuesday, August 11, 2020 - 12:54

सम्पत्ति तथा व्यवसायिक करको सफ्टवेयर सञ्चालन सम्बन्धि ३ दिवसिय वडा सचिवहरुलाई क्षमता विकास तालिम ‍सञ्चालन भई आज रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम ‍समापन गरियो।
मितिः २०७७/०४/२०

, , ,
Post date: Tuesday, August 4, 2020 - 16:13

रामेछाप नगरपालिका द्वारा भालुखोपमा सञ्चालित ५ दिने होम स्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम उप-प्रमुख श्री सृजना खड्का द्वारा प्रमाण-पत्र विरतण गरी समापन गरियो। (२०७७/‍३/१८)

, , ,
Post date: Friday, July 3, 2020 - 15:29

सातौं नगर सभा

 

"कृषि, पर्यटन, सडक‍, खानेपानी हाम्रो पूर्वाधार,

रामेछाप नगर विकासको दिगो आधार"

‍भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाको आ.व. २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण।

मितिः २०७७ आषाढ १० गते

, , , , , , , , , ,
Post date: Wednesday, June 24, 2020 - 16:27

रामेछाप नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ। नगर सभाबाट चार वटा ऐन पारित भएको छ। पारित भएका ऐनहरुः
१. रामेछाप नगरपालिकाको आर्थिक कार्यविधि ( नियमित तथा व्यवस्थित) ऐन २०७६
२. रामेछाप नगरपालिकाको पशुस्वास्थ्य तथा पशु सेवा ऐन २०७६
३. रामेछाप नगरपालिकाको कर र गैर कर राजस्व उठाउने सम्बन्धि ऐन २०७६
४. रामेछाप नगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७६

, , ,
Post date: Monday, January 13, 2020 - 15:05

रामेछाप नगरपालिकाको चालु आ.व. २०७६/७७ को पहिलो चौमासिक अवधिमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता विषयक "सार्वजनिक सुनुवाई" कार्यक्रम मिति २०७६ पौष ११ गते सम्पन्न भयो‍। साथै सोही कार्यक्रमको अवसरमा मिति २०७६/४/१० मा साँघुटार बजारमा आगलागि भै रामेछाप नगर कार्यपालिकाको मिति २०७६/४/१९ को निर्णयानुसार श्री अंकित श्रेष्ठ, श्री अनिस थापा मगर, श्री हरि माया मगर र श्री राजन कुमार सुवेदीलाई जनही रु. २५,००० को दरले सहयोग रकम वितरण गरियो।

, , , , , , , , , , ,
Post date: Sunday, December 29, 2019 - 13:44

प्रधानाध्यापक र वि.व्य.स. अध्ययक्षहरुका लागि विद्यालय सुधार योजना, सामाजिक परिक्षण र विद्यालय अनुगमन एवम् सुपरिवेक्षण साधन तथा शैक्षिक सुशासन सम्बन्धि एक दिवसिय गोष्ठी (२०७६/०९/०९)

, , , , ,
Post date: Thursday, December 26, 2019 - 16:16

महिला सरोकारका सवाल, महिला अधिकार र स्थानिय सरकारको विकास गतिविधिमा केन्द्रित रही नगरका महिला दिदी बहिनिहरु र  उप-प्रमुख बीच "उप-मेयरसँग आज" कार्यक्रम सम्पन्न गरियो।

, , , , ,
Post date: Thursday, December 12, 2019 - 16:50

बालबालिकाका सरोकारका सवाल र बाल अधिकारको विषयमा केन्द्रित रही नगरका सबै सामुदायिक माध्यामिक विद्यालय / संस्थागत विद्यालय तथा नगरपालिका केन्द्र आसपासका आधारभुत विद्यालयमा अध्ययनरत करिव १०० जना बिद्यार्थीहरु र नगर पालिका प्रमुख बीच "बालबालिकासंग मेयर" कार्यक्रम सम्पन्न गरियो।

, , , , ,
Post date: Wednesday, December 11, 2019 - 16:22

समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । सक्षम नेतृत्वको अगुवाईमा गरिने नमूना कार्यहरु जसले सेवाग्राहीहरुको आवश्यकतालाईतत्काल सम्वोधन गर्ने मात्र नभै उनीहरुमा सन्तुष्टि समेत प्रदान गर्दछ । ती र त्यस्ता कार्यहरु असल अभ्यास र सिकाई अनुभवको रुपमा स्थापित हुने गर्दछ र ग्रहणयोग्य हुन्छ पनि । संयोगवस त्यो अवसर पोखरा महानगरपालिकाका उपप्रमुखज्यूको संयोजकत्वमा गठित तथा सहयात्रामा रहनु भएका न्यायिक समितिका पदाधिकारीहरु र रामेछाप नगरपालिकाका उपप्रमुखज्यूहरुको संयोजकत्वमा गठित न्यायिक समितिका क्रियाशिल पदाधिकारीहरुको समुपस्थितमा रामेछाप नगरपालिकाका प्रमुखज्यू र प्रमुख प्रशासकिय अधिकृत लगायतका अन्य शाखागत कर्मचारीहरुवीचको अभूतपूर्व प्रत्यक्ष परिचय र अनुभव आदन प्रदान कार्यक्रमले दुवै नगरपालिकाका न्यायिक समितिहरुवाट सम्पादन भए गरेका कार्यहरु माथि परिचित हुने अवसर प्राप्त भयो । उक्त अवसरमा पोखरा महानगरपालिका उपप्रमुख श्री मन्जुदेवी गुरुङ्ग , रामेछाप नगरपालिकाका प्रमुख श्री नरवहादुर थापामगर र उपप्रमुख श्री सृजना खड्कावाट आफ्नो नगरपालिकास्तरवाट सम्पादित विकास निर्माणका कार्यहरुको समेत संक्षिप्त जानकारी समेत गराउनु भएको थियो ।

, , , , , , ,
Post date: Tuesday, October 22, 2019 - 13:00

रामेछाप नगरपालिका द्वारा मिति २०७६।६।१४ गतेका दिन यही २०७६ सालको वडा दशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम एक समारोहका विच सम्पन्न भयो। उक्त कार्यक्रम रामेछाप नगर पालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यू को अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा प्रदेश सभा सदस्य माननिय शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा‍ राजनितिक पार्टी प्रतिनिधिहरु, नगर कार्यपालिका सदस्यहरु, नगर स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुख, नगरपालिकाका नागरिक अगुवा तथा उद्योग व्यापारी एवम् रामेछाप नगर पालिकाको राष्ट्र सेवक कर्मचारीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान भएको थियो। उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननिय शान्ति प्रसाद पौडेल, उप-प्रमुख सृजना खड्का, ने क पा पार्टीको जिल्ला नेता आनन्द श्रेष्ठ, ने का पार्टीका जिल्ला सचिव लेख बहादुर कार्की र रामेछाप न पा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले शुभकामना मन्तव्य दिनु भएको थियो। उक्त समारोहमा रामेछापका तेक्वान्दो खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए।

, , , , , ,
Post date: Tuesday, October 1, 2019 - 14:28

यस रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक कार्यक्रम प्रगति समीक्षा गोष्ठी २०७६ भाद्र ३१ गतेका दिन नगर पालिका प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समिति रामेछापका प्रमुख श्री प्रेम बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उक्त समीक्षा गोष्ठीमा कार्यपालिका सदस्यज्यूहरु, स्थानिय राजनिति दलका प्रतिनिधिहरु,रामेछाप न पा स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकारहरु र न.पा. अन्तर्गतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त प्रगति समीक्षा गोष्ठीमा उप-प्रमुख श्री सृजना खड्का ज्यूबाट स्वागत मन्तव्य सहित संक्षिप्त प्रगति स्थितिको बारेमा जानकारी भएको थियो। उक्त गोष्ठीमा उठेका जिज्ञासाहरु माथि प्रमुख प्रशासकीय अधिकृत श्री रमेश गौतमज्यूले सम्बोधन गर्नु भएको थियो।

, , , , , , , ,
Post date: Tuesday, September 17, 2019 - 17:24
, , , , , ,
Post date: Wednesday, September 4, 2019 - 17:22

२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान्न सामाग्री, लत्ता कपडा र प्रति एक महिनाको कोठा भाडा समेत उपलब्ध गराईएको थियो। मिति २०७६।४।१९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट ति अग्नि पिडित ४ घर परिवारलाई अस्थाई आवास प्रबन्ध स्वरुप रु.२५,०००।– दरले आर्थिक सहयोग गर्ने निर्णय भएको छ।

Post date: Monday, August 5, 2019 - 13:41
, , , , , , , , , , ,
Post date: Tuesday, June 25, 2019 - 15:51

मिति २०७५ पौष १८ र १९ गते रामेछाप नगरपालिका वडा नं. ३, साघुटारको श्री सेती देवी आधारभुत विद्यालय थाक्लेको नवनिर्मित विद्यालय भवन समुद्घाटन कार्यक्रम तथा सोही विद्यालय भवन प्रांगणमा रामेछाप नगरपालिका द्वारा आयोजित घुम्ती शिविर

घुम्ती शिविर २०७५ पौष १८ र १९, रामेछाप नगरपालिका - ३, साघुटार, , , , , , , , , , , , , , , , , ,
Post date: Friday, January 4, 2019 - 12:24

निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते

निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते, निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते, निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते, निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते, निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते, निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते,
Post date: Friday, September 7, 2018 - 12:44

निजामती सेवा दिवस २०७५ को उपलक्ष्यमा कार्यालय परिसर सरसफाई कार्यक्रम, भाद्र २१ गते

निजामती सेवा दिवस २०७५ को उपलक्ष्यमा कार्यालय परिसर सरसफाई कार्यक्रम, भाद्र २१ गते, निजामती सेवा दिवस २०७५ को उपलक्ष्यमा कार्यालय परिसर सरसफाई कार्यक्रम, भाद्र २१ गते, निजामती सेवा दिवस २०७५ को उपलक्ष्यमा कार्यालय परिसर सरसफाई कार्यक्रम, भाद्र २१ गते
Post date: Friday, September 7, 2018 - 11:06

नगरसभामा सहभागिता

नगरसभामा सहभागिता, नगर सभामा उपस्थित, , , , , कार्यक्रम समापण, ,
Post date: Monday, July 9, 2018 - 12:51

पाहुनाहरुबाट शुभकामना मन्तव्य

पाहुनाहरुबाट शुभकामना मन्तव्य, , , , , ,
Post date: Monday, July 9, 2018 - 11:49

रामेछाप नगरपालिकाको तेस्रो नगर सभा प्रमुख अथिति ३ नं. प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री माननिय श्री कैलाश प्रसाद ढुङ्गेलज्यूको आथित्यमा सम्पन्न भयो ।

मेयरबाट वजेट वक्तव्य, मेयरबाट वजेट वक्तव्य, प्रमुख अतिथिको स्वागत, कार्यक्रम समुद्घाटन, स्वागत मन्तव्य प्र.प्र.अ. बाट, , कार्यक्रम उद्घाोषण
Post date: Monday, July 9, 2018 - 11:16

आज २०७५ अषार १६ गतेका दिन रामेछाप नगर पालिकाको आयोजनामा हरित सहर बनाउने लक्ष्यका साथ वडा नं. ८ बिटार देखि भंगेरि सम्म सडकको दांया बांया वृक्षारोपण गरियो । साथै श्री नन्दा बक्स गण रामेछापको सहभागिता र वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु राष्ट सेवक कर्मचारीहरु सर्वसाधारण नागरिकहरुको सहभागिता थियो । साथै सहभागिता भै सहयोग गर्नु भएकोमा सबै पक्षमा धन्यवाद । रानपा नगर प्रमुख

वृक्षारोपण कार्यक्रम- २०७५ असार १६ (सुकाजोर खोला देखि भंगेरी सम्म), , , , , , ,
Post date: Monday, July 2, 2018 - 11:09
नगर स्तरीय बाटो अनुगमन, , , , , , , , ,
Post date: Thursday, June 14, 2018 - 15:09

एकीकृत सम्पति कर २०७५ श्रावण १ गते देखि लागु हुने हुंदा २ दिने छलफल गोष्टी सम्पन्न भयो ।

, , , , ,
Post date: Sunday, April 22, 2018 - 16:56

आ.व २०७३ को ३ र ४ गते नगरपालिकाका कर्मचारीको सूचना तथा संचार बारे जानकारि दिइएको थियो। प्रयोगात्मक सिकाइले कर्मचारीहरुको क्षमता विकासमा मद्दत पुगेको छ।उक्त कार्यक्रमको संयोजक कर्यकारी अधिकृत श्री मोहन कुमार मिश्रा हुनुहुन्थ्यो।तालिम जिल्ला विकास समिति रामेछापको सूचना तथा संचार स्वयमसेवक लिजना खड्का प्रशिक्षक हुनुहुन्थयो।

, ,
Post date: Monday, June 20, 2016 - 14:10