FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस

नागरिकता प्रतिलिपि सिफारिस

Nepali
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. अनुसुची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र.पत्रको प्रतिलिपि
३. ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा सो को सक्कल प्रति
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलि

नेपाली नागरिकता प्रमाणपत्र वंशज

Nepali
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
११०
आवश्यक कागजातहरु: 

१. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम (१) संग सम्बन्धित विवरण फाराम भर्ने
२. कार्यालयले उपलब्ध गराउने फाराम भर्ने
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
४. निवेदकको बाबु÷आमा÷विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १÷१प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि १ प्रति
५. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति
७. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १प्रति, जन्म दर्ता प्रमाण पत्र,विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति
८. अन्य गा.पा., न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरू
९. निवेदकको बाबु÷आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति
१०. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने

Pages