FAQs Complain Problems

संक्षिप्त परिचय

राजनैतिक विभाजन अनुसार बागमती प्रदेश रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी. छ। यंहाकाे कुल जनसंख्या : २८६१२ छ। यस नगरपालिकाकाे केन्द़ रामेछाप बजारमा छ।