समाचार
सार्वजनिक सुनुवाई सम्बन्धी सूचना।
रामेछाप नगरपालिकाद्वारा चालु आ.व.२०८१/०८२ को पहिलो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माण गतिविधिहरु र सेवा प्रवाहका वारेमा आम नगरवासीहरुलाई सुसूचित गराउन तथा सरोकारवालाहरुको धारणा एवम् पृष्ठपोषण लिनका लागि तपशिलको मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि अनुरोध गर्दछु ।
तपशिल
मितिः २०८१ मंसिर २५ गते मंगलवार
समयः विहान १०:०० बजे देखि
स्थानः भिमसेनस्थान मन्दिरको प्राङ्गण
रामेछाप नगरपालिका ९, ल्याङल्याङ ।